Rule 14
प्रतिलिपि दिने
(१) दर्ता भएको व्यक्तिले नियम ५ बमोजिम प्राप्त गरेको कारोबार दर्ताको प्रमाणपत्र च्यातिएमा, हराएमा वा अन्य कुनै किसिमबाट नासिएमा त्यस्तो प्रमाणपत्रको प्रतिलिपि लिनको लागि प्रतिलिपि दस्तुर वापत लाग्ने एकसय रुपैयाँ समेत संलग्न राखी सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि दरखास्त प्राप्त भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित कर अधिकृतले कारोबार दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनु पर्नेछ ।